त्रिभुवन राजपथको नागढुङ्गा नौविसे राजमार्ग अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं २ चिसापानीमा गएको पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ ।गएको तीन दिन देखि परेको अविरल बर्षाको कारण गएको पहिरोले राजमार्ग अबरुद्ध भएको हो ।
राजमार्ग आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुहरु समेत मर्कामा परेका छन् ।
ठूलो पहिरो संगै आएको ठूलो रुखहरु पन्छाउन समय लाग्ने र पहिरो पन्छाउनको लागि सुरुङ्ग मार्गको डोजोर बोलाएको थानकोट नागढुङ्गा प्रहरी चेकपोस्टका प्रहरी निरीक्षक त्रिभुवन थापाले बताए
।