बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाढी पहिरो : तीन हजार घर डुबानमा, ९०० मा क्षति
भर्खरै

बाढी पहिरो : तीन हजार घर डुबानमा, ९०० मा क्षति

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बढी पहिरामा परेर ९०० घरसहित १५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाय मरेको छ ।

उक्त अवधिमा एक हजार १३० विपद्का घटनाबाट एक हजार २०९ घर परिवारका पाँच हजार ९२४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिएका छन् ।

मनसुन भित्रिएसँगै नेपालमा

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी आजसम्म ९१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन् ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । बाढीपहिरामा परी ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरामा परेका एक हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

pict:rss

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय