वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पठनपाठन सचालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।
साउन ३० गतेबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ भइरहेको छ । वीरगञ्जमा ८७ वटा सामुदायिक विद्यालय र १४४ वटा अनुमति प्राप्त संस्थागत विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये ६ वटामा कक्षा १२, १४ वटामा कक्षा
१०, १२ वटामा कक्षा ८ सम्म पढाइ हुन्छ भने ५५ वटा विद्यालय प्राथमिक तहका छन् ।