सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानबाट थप ८ जना नेपालीको उद्धार
भर्खरै

अफगानिस्तानबाट थप ८ जना नेपालीको उद्धार

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

काठमाडौं । अफगानिस्तानबाट आज थप ८ नेपालीलाई उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज थप ८ जनाको उद्धार गरिएको र काबुलमा उद्धार उडानको पर्खाइमा रहेका ३४ जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

मन्त्रालयले काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेकोसमेत बताएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको सिचुएशन रुम र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय