बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काबुल विमानस्थलमा फेरि पनि आतंकवादी आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी
भर्खरै

काबुल विमानस्थलमा फेरि पनि आतंकवादी आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

न्युयोर्क । अमेरिकाले अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंकवादी आक्रमण हुन सक्ने चेतावनी जारी गरेको छ ।

एक सय ७० भन्दा बढीको ज्यान जानेगरी बिहीबार भएको आक्रमणको घाउ नसुक्दै विमानस्थलमा अर्को आक्रमणको चेतावनी जारी गरिएको हो । अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थलको गेटबाट टाढै रहन भनेको छ ।

उसले ‘एबी गेट, इस्ट गेट तथा न्यू मिनिस्ट्री गेट तुरुन्त खाली गर्न पनि निर्देशन दिएको छ । नागरिकलाई स्थानीय सञ्चारमाध्यममा आएका समाचारमा ध्यान दिन, प्रशासनको सुझाव मान्न, आकस्मिक योजनाका लागि तयार रहन पनि

अमेरिकाले भनेको छ ।

बिहीबार विमानस्थलको एबी गेटमा भएका दुईवटा विष्फोटको स्लामिक स्टेटको स्थानीय समूहले जिम्मा लिएको थियो । अमेरिकी सेनाले आईएसका योजनाकारलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ ।

आक्रमणमा परी आईएसका योजनाकारसहित केही लडाकु मारिएको अमेरिकी सेनाको दाबी छ । नान्गाहार प्रान्तमा आईएस समूहका योजनाकर्तालाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल आक्रमणमा संलग्नलाई कारवाही गर्ने बाचा गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय