बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाढीका कारण परासीस्थित सवस्टेशनबाट विद्युत आपुर्ति बन्द
भर्खरै

बाढीका कारण परासीस्थित सवस्टेशनबाट विद्युत आपुर्ति बन्द

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल बिद्युत प्राधिकरण परासी वितरण केन्द्रअन्तर्गतको सवस्टेशनमा क्षति पुगेको छ । जसका कारण परासीस्थित सवस्टेशनबाट विद्युत आपुर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

वर्षा र डुबानका कारण परासी सवस्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेकाले तत्कालै शब स्टेशनबाट विद्युत आपुर्ति गर्ने अवस्था नरहेको विद्युत प्राधिकरण परासी वितरण केन्द्रले जानकारी दिएको छ । तथापि विद्युत आपुर्तिका लागि अहिले गण्डक पावर

हाउस सवस्टेशन, बर्दघाट सवस्टेशन र सुनवल बजारक्षेत्रको विद्युतबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत आपुर्ति गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।

पानी र डुबानका कारण परासीस्थित सवस्टेशनको कम्पाण्ड वालमा क्षति पुग्दा स्टेशनभित्र पानी पसेर स्टेशनबाट विद्युत आपुर्ति गर्ने महत्पुर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित अन्य प्राविधिक उपकरणमा पानीले निकै क्षति पुऱ्याएको छ ।

कार्यालयका अनुसार परासी सवस्टेशनबाट विद्युत आपुर्ति सञ्चालन हुन अझै केही दिन लाग्ने बताइएको छ । यद्यपि परासी सवस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्तिहरु व्यस्थापनको तयारीमा गरिसकिएको र आजैबाट मर्मत सम्भारका काम सुरु गरिने प्रमुख श्रीवास्तवले बताउनुभयो ।

परासी वितरण केन्द्रअन्तर्गत हाल करिव ४४ हजार ग्राहक रहेका छन्, जसमध्ये अहिले तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस सवस्टेशन, बर्दघाट सवस्टेशन र सुनवल बजारक्षेत्रको बिद्युत आपुर्तिबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत आपुर्ति गरिएको हो । ससाना उद्योगलाई विद्युत आपुर्ति गरिए पनि ठुला उद्योगधन्दा जो ११ हजार केभिएको ट्रान्सफमरमार्फत विद्यूत आपुर्ति हुन्छ, उक्त उद्योग कलकारखाना सञ्चालन नगरिदिन कार्यालयले सम्बन्धित उद्योग कारखानासंग आग्रह गरेको छ ।

परासी वितरण केन्द्रअन्तर्गत सुर्यपुरा, सुनवल, महेशपुर र बन्जरिया स्थित कार्यालय पर्दछन् । परासी वितरण केन्द्रअन्तर्गत कुल ४४ हजार ग्राहक रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय