शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
भर्खरै

भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्गमा ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छ्न् ।

राईले शुक्रबार राती २८ वर्षीया श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन । आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउन साथ घटनास्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको

र उनलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय