सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु
भर्खरै

भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

बैतडी । भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते हुनुभएको थियो । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो ।

उहाँको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु

भएको प्रहरीले जनाएको छ । उहाँका एक छोरा र श्रीमती छन् । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय