शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सप्तकोशीमा पानीको बहाव घट्दै, सतर्क रहन प्रसाशनको आग्रह
भर्खरै

सप्तकोशीमा पानीको बहाव घट्दै, सतर्क रहन प्रसाशनको आग्रह

  • सिधा दृष्टी शनिबार, भदौ १२, २०७८ | August 28, 2021

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव विस्तारै घट्न थालेको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत तीन–चार दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढ्दै गएको थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाका अनुसार आज बिहान ६ बजे सप्तकोशीमा पानीको बहाव १ लाख ९६ हजार २५ क्यूसेक मापन गरिएको थियो । गयरातिसम्म पानीको बहाव १ लाख ९८ हजार २ सय १५ प्रतिसेकेन्ड क्यूसेक मापन गरिएको थियो ।

आज बिहान ४ बजेबाट पानीको बहाव विस्तारै घट्दै गएको

छ । प्रमुख जिल्ला अधिकारी आचार्यले हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २६ वटा ढोका खुल्ला गरिएको जानकारी दिनुभयो ।

पानीको बहाव घटबढ भइरहेकाले कुन ढोका खोल्दा उचित हुन्छ भन्ने विषयमा अनुगमन गरेर ढोका खोल्ने र बन्द गर्ने गरिएको पनि उहाँले बताउनुभयो ।

कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

यसैबीच नारायणी नदीमा पानीको सतह बढेपछिगण्डकका सबै ढोका खोलिएको छ ।

पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएपछि नवलपरासीको त्रिवेणीमा गण्डक ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

प्रशासनले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ । गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ ।

अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय