मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
भर्खरै

लागूऔषधसहित दुई युवक पक्राउ

  • सिधा दृष्टी बुधबार, भदौ ९, २०७८ | August 25, 2021

जनकपुरधाम । महोत्तरीमा अटोमा सवार दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थान नाईट्राभेट ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।

उनका अनुसार औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा लागूऔषधसहित उनीहरु

पक्राउ परेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय