आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो
भर्खरै

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

  • सिधा दृष्टी बुधबार, भदौ ९, २०७८ | August 25, 2021

सुनको भाउ फेरि ओरालो लागेको छ । भदौ ९ गते, बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढोत्तरी भएर प्रतितोला एक हजार २१०

रुपैयाँमा खरिद बिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय