कालिकोटमा एक किशोरीको शव मकै बारीमा भेटिएको छ। चार दिनअघिदेखि हराएकी खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ ।
निरु गत शुक्रबारदेखि हराएकी थिइन्। उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो । प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षतविक्षत पारेका छन्। घटनाको थप अनुन्धानका लागि कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी चक्रबहादुर शाहको नेतृत्वमा सदमुकाम मान्मबाट प्रहरी टोली खटिएको बताईएको छ।
/> उनका अनुसार निरुको शरीरको तल्लो भाग भेटिएको छैन भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ । रिपोर्ट भने आउँन बाँकी रहेको शाहीले जानकारी दिए ।