सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते
भर्खरै

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

  • सिधा दृष्टी बुधबार, भदौ ९, २०७८ | August 25, 2021

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको लिङ्खु पाखरबाट काठमाडौँतर्फ गइरहेको बा३ख ८०३० नं को यात्रुवाहक बस घुम्तीबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको

छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय