सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव
भर्खरै

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

  • सिधा दृष्टी बुधबार, भदौ ९, २०७८ | August 25, 2021

काठमाडौं । आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको छ ।

मनसुनी वायुको प्रभावले आज रातिदेशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।

यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश

१, २, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी भोलि दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुँदा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आउँदो शनिबारसम्म भारीदेखि अति भारी वर्षाको संभावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय