शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानमा तालिबानबारे मोदी र पुटिन बिच संवाद
भर्खरै

अफगानिस्तानमा तालिबानबारे मोदी र पुटिन बिच संवाद

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अफगानिस्तानका विषयमा कुराकानी गरेका छन्।

प्रधानमन्त्री मोदीले ट्विटमार्फत यसको जानकारी दिएका हुन्।

तर मोदीले अफगानिस्तानबारे ‘सार्थक’ कुरा के भयो भन्ने जानकारी दिएका छैनन्।

भारतीय प्रधानमन्त्री मोदीले आफूहरूबीच दुई देशका महत्त्वपूर्ण अन्य विषयमा पनि छलफल भएको जानकारी दिएका छन्।

मोदीले आफूहरूबीच छलफललाई जारी राख्ने सहमति पनि भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले यसअघि सोमबार जर्मनीका चान्सलर एङ्गेला मर्केलसँग अफगानिस्तानका विषयमा

कुरा गरेका थिए।

अफगानिस्तान तालिबानले कब्जा गरेपछि छिमेकी मुलुक पनि तरंगित भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय