सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माधव नेपाललाई एकताका लागि एमालेको अन्तिम अपील
भर्खरै

माधव नेपाललाई एकताका लागि एमालेको अन्तिम अपील

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

काठमाडौं । नेकपा एमालेले अलग पार्टी खोलेर हिंडेका माधवकुमार नेपाललाई एकताका लागि भन्दै अन्तिम पटक अपील गरेको छ ।

एमाले संस्थापन र तेस्रो धारसहितको स्थायी कमिटी बैठक बसेर नेपाललाई एकताका लागि अपील गरिएको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाललाई एकतामा आउन अपील गर्नुभयो ।

तर नेपाल एकतामा आउने विश्वास भने नरहेको ज्ञवालीले बताउनुभयो । स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । माधवकुमार र नेपाल छोडेका दश स्थायी कमिटी नेताहरुसहित बसेको बैठकले दशबुँदे सहमति कार्यान्वयन

गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार एमाले पार्टी संरचना २०७५ साल जेठ २ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट हुनुहुन्छ ।

यस्तै मंसिर १०–१२ गतेसम्म दशौं महाधिवेशन र असोज ४ देखि ६ सम्म विधान महाधिवेशन गर्ने निर्णय भएको छ । बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ ।

सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय