सेयर खरिद विवादमा तानिएका नेपाल स्टक एक्स्चेन्जका सिइओ चन्द्रसिङ साउदले राजीनामा दिएका छन्।
उनले आज पदबाट राजीनामाको घोषणा गरेका हुन्। असोज २२ गतेसम्म कार्यकाल रहे पनि सेयर खरिद विवादमा तानिएपछि उनले बीचमै राजीनामा दिएका हुन्।
साउदलाई एक कम्पनी खडा गरेर सोमार्फत सेयर खरिदबिक्रीमा संलग्न रहेको आरोप लागेको छ। यसअघि अर्थसमितिले उनीसँग यसबारे स्पष्टिकरण लिइसकेको छ। यसबारे अध्ययन गर्न विशेष कमिटी समेत बनेको छ।
नेप्सेको सिइओको कार्यकाल ४ वर्षको हुने गर्छ। २०७४ असोजदेखि उनले कार्यभार सम्हालेका थिए।