सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले स्थायी कमिटी बैठक आज, एकता पक्षधर नेताहरु पनि सहभागी हुने
भर्खरै

एमाले स्थायी कमिटी बैठक आज, एकता पक्षधर नेताहरु पनि सहभागी हुने

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासल ललितपुरमा बस्ने छ।

बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

माधव नेपालको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, अष्टलक्षमी शाक्य लगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई हिजोसम्मको अल्टिमेटम दिएका थिए।

उनीहरूले

हिजो अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए। छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै बैठक बोलाइएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय