मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान
भर्खरै

राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान

  • सिधा दृष्टी मङ्लबार, भदौ ८, २०७८ | August 24, 2021

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोली त्यसतर्फ लागेको हो ।

टोली बिहान ८ बजे सलाम एयरबाट ओमान गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको श्रृंखला यही भदौ २८ देखि

असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका भने सार्वजनिक भएको छैन ।

श्रृंखला अघि नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ । नेपालले पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ मा खेल्ने क्यानले जनाएको छ ।

यस अघि लीग–टु अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ वटा खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।

लीगमा नेपाल ४ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ ।

यसअघि हिजो मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय