काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
सोमबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा नेता महतले सबै पार्टी मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाइ भएको बताए ।‘अब मलाई लाग्छ केही दिनमै मन्त्रिमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्रीजीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ’ उनले भने ।
उनले कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए ।
पार्टीको महाधिवेशन भन्दा आम निर्वाचन महत्वपूर्ण हुने भन्दै सहमहामन्त्री महतले भने, ‘अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँट विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै हो ।’