आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपति भण्डारी र नेकपा (एकीकृत समाजवादी)का संयोजक नेपाल बीच भेटवार्ता
भर्खरै

राष्ट्रपति भण्डारी र नेकपा (एकीकृत समाजवादी)का संयोजक नेपाल बीच भेटवार्ता

  • सिधा दृष्टी सोमवार, भदौ ७, २०७८ | August 23, 2021

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (समाजवादी)का सांयोजक माधवकुमार नेपालबीच सोमबार शीतल निवासमा छलफल भएको छ । सोमबार राष्ट्रपति भण्डारी र नेता नेपालबीच सोमबार एक घण्टा छलफल भएको स्रोतले जनायो ।

स्रोतका अनुसार १२ बजेर ५ मिनेटमा शीतल निवास पुगेका थिए भने एक बजे बाहिरिएका थिए । यो भेटबारे शीतल निवासले केही खुलाएको छैन । एमाले विभाजन गर्दै नेता नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमाथि मंगलबार सनाखत हुँदैछ ।

मंगलबार सनाखत हुनुअघि शीतल निवासमा भएको यो

भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमालेको विभाजन भन्दै एमाले नेताहरु बेला बेलामा शीतल निवास पुगिरहन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय