बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
भर्खरै

नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

  • सिधा दृष्टी सोमवार, भदौ ७, २०७८ | August 23, 2021

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक माइसेकेन्ड टिचरले सोमबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेको हो । जर्सी डिजाइनमा ५०० जनाको आवेदन परेकोमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट भएको हो ।क्यानले छनोटका लागि ४ सदस्यीय समिति बनाएको थियो । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र माइसेकेन्ड टिचरबाट एक जना प्रतिनिधि रहेका थिए ।

जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय

क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको क्यानले जनाएको छ ।

नेपालले आगामी सेप्टेम्बरमा ओमानमा क्रिकेट विश्वकप लिग २ सिरिज खेल्दैछ । त्यसअघि पपुवा न्यूगिनीसँग दुई ओडीआई म्याच खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय