सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाललाई साथ नदिएका एमाले नेता र अध्यक्ष ओलीका बीचमा सहमति
भर्खरै

नेपाललाई साथ नदिएका एमाले नेता र अध्यक्ष ओलीका बीचमा सहमति

  • सिधा दृष्टी सोमवार, भदौ ७, २०७८ | August 23, 2021

काठमाडौं । पार्टी विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका एमाले नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ।ओली निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ। १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ। केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशिल हुन्छ,’ भट्टराईले भने, ‘ती कसरी क्रियाशिल हुन्छन् भोलि

हामी त्यो ढाचाबारे कुरा गर्छौ। भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ।’सचिव भट्टराईले सबै पूर्ववत जिम्मेवारीमा रहनेसमेत बताए। उनले कोही पनि विभाजनमा जान नहुने भन्दै कसैमाथि अन्याय हुँदैन भन्ने सुनिश्चितता स्थायी कमिटिले गर्ने दाबी गरे।

उनले आफूहरूको सहमति बिनै माधव नेपालले नयाँ पार्टी गठन गरेको आरोप लगाए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय