काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप १ जना ५० जना नेपाली आज स्वदेश फर्कंदैछन् ।
आज दिउँसो सवा चार बजे जोर्डन एभिएसनको चार्टर उडानमार्फत स्वदेश फर्कने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
हिजोसम्म अफगानिस्तानमा रहेका ५ सय ४ जना नेपाली फर्किसकेका छन् ।
त्यस्तै हिजो साँझसम्म थप ३ सय ५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर,
ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
अफगानिस्तानको राजधानी काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ।