बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
भर्खरै

मेलम्चीमा फेरि पनि बाढीको जोखिम

  • सिधा दृष्टी सोमवार, भदौ ७, २०७८ | August 23, 2021

बाढीका कारण अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको मेलम्चीमा फेरि पनि बाढीको जोखिम बढेको छ। नदीमा अहिले पनि बाढी आइरहेको छ । फेरि पानी पर्न थालेकाले नदीमा पानीको सतह बढ्ने खतरा छ ।

बाढीले मेलम्ची र इन्द्रावती नदीमाथिको दुई वटा झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । झोलुङ्गे पुल बगाउने खतरा बढे पछि डोजरमार्फत संरक्षणका लागि जुटेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।

तर, डोजरले नदीमा बहावलाई परिवर्तन गर्ने प्रयास गरे पनि बाढीका कारण त्यो सम्भव भएको छैन । गएको असार

१ गते र साउन १६ गतेको बाढीले मेलम्चीमा रहेको दुई वटा मोटरेबलपुल, एउटा झोलुङ्गे पुलसँगै रातो पुल बगाएको थियो ।

मेलम्चीमा अहिले तीन वटा झोलुङ्गे पुल छन् । तीन वटामध्ये दुई वटा पुल बाढीको जोखिममा परेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको थियो भने २० जना अझै हराइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय