आज देशभर बदली रही केही स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज राति लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।
अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।
भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती,
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ ।
बुधबार अधिकांश भू-भागमा बदली भइ धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ ।