सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आज सभापति देउवालाई बुझाइँदै
भर्खरै

क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आज सभापति देउवालाई बुझाइँदै

  • सिधा दृष्टी सोमवार, भदौ ७, २०७८ | August 23, 2021

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज पार्टी सभापतिलाई बुझाउने भएको छ ।

सभापित शेरबहादुर देउवालाई दिउँसो प्रतिवेदन बुझाउने समितिको तयारी छ ।हिजो नै प्रतिवेदन बुझाउने भनिए पनि केही विषय नमिलेकाले बुझाउन नसकेको समितिले जनाएको छ ।

अब लगभग सहमति बनिसकेकाले प्रतिवेदन बुझाउनका लागि सभापति देउवासँग समय मागिएको समिति सदस्य रमेश लेखकले जानकारी दिनुभयो । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

गएको साउन ३० गते

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।

डा मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो सातासम्म पनि प्रतिवेदन बुझाउन नसक्दा महाधिवेशन फेरी पनि तोकिएकै मितिमा हुनेमा आशंका व्यक्त गरिएको छ ।

कांग्रेसले यही भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु गरी मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय