बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ठूलो परिणाममा लागुऔषधसहित होटल सञ्चालक पक्राउ
भर्खरै

ठूलो परिणाममा लागुऔषधसहित होटल सञ्चालक पक्राउ

  • सिधा दृष्टी आइतवार, भदौ ६, २०७८ | August 22, 2021

सप्तरीको कन्चनरुप नगरपालिका-२ बरमझियाबाट एक होटल सञ्चालक ठूलो परिणाममा लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका सङ्गम फास्टफुड एण्ड मदिरा होटल सञ्चालक विन्देश्वर यादवका २८ वर्षीय छोरा जयराम रहेको इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।

होटलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका अधारमा प्रहरी टोलीले खानतलासी गर्दा पसलभित्र कालो रङगको प्लाष्टिक र खैरो रङ्गको ब्यागभित्र लागुऔषध फेला पारिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सो क्रममा होटल सञ्चालक जयरामलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको थियो ।

अभियुक्तका साथबाट नाइट्रोजेन ६१०, १०० एमएलको डिलेक्स डिसी आठ वटा भरेको र छ खाली, एक थान सिरिन्ज, तीन थान मोबाइल, १०० एमेलको इस्कुफ दुई ट्याप्लेटलगायत ठूलो परिणामको लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय