धादिङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले चोरी गरेर लैजाँदै गरेको अवस्थामा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीको जिम्मा लगाएको छ।
धादिङ ट्राफिक प्रहरीले भदौं ३ गते त्रिभुवन राजपथ अन्तर्गत धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर–९ टायलघर स्थित सडकखण्डमा काठमाण्डौंवाट खानिखोलातर्फ आउदै गरेका प्रदेश ३–०२–०१२प ७४०१ कोरियन मोटरसाइकल र बागमती प्रदेश ०२–०२८प ०८९० नम्बरको एफजेड मोटरसाइकल नियन्त्रणमा लिएको थियो।
उक्त मोटरसाकल हेलमेट नलगाइ चलाएको अवस्था ट्राफिक प्रहरीले त्रिभुवन राजपथ अन्तर्गत सडकखण्डमा खोज्दा मोटरसाइकल चालक मोटरसाइकल छोडेर भागेको अवस्थाम फेला पारेको
ट्राफिक प्रहरीले जनाएको छ।
मोटरसाइकल यातायात व्यवस्था कार्यालयको समन्वयमा धादिङ जज्वालामूखी गापा ७ वस्ने मोतिराम इटनी र काठमाण्डौ चन्द्रागिरी नपा १ दहचोक बस्ने व्यक्तिको नाममा भएको पाइएको र सवारी धनीले मोटरसाइकल हराएको भनि दिएको जानकारीको आधारमा आवश्यक प्रकिया पुरा गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सुदर्शन देव जोशीले बताए।उक्त मोटरसाकल आइतबार कार्यालयमै बोलाएर सम्बन्धित धनीलाई बुझाइएको हो।