सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
भर्खरै

पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • सिधा दृष्टी आइतवार, भदौ ६, २०७८ | August 22, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५०९

पुगेको छ भने ६ लाख ९८ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय