काठमाडौं । चन्द्रागिरी नगरपालिकामा कोरोना विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । भकुण्डेचौर युवा समाजको आयोजनामा कोभिड–१९ रोगबारे एक दिने सचेतना कायक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिकाका -८ को विभिन्न ठाँउमा सचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको थियो । साथै कार्यक्रममा स्थानियलाई माक्स वितरण समेत गरेको भकुण्डचौर युवा समाजका सचिव श्याम खरेलले जानकारी दिनु भयो ।
उहांले कार्यक्रमको मुख्य उद्देश्य कोभिड रोगबाट आफू बाचु र अरुलाई बचाउ भन्ने रहेको बताउनु भयो । शनिबार हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी,
माक्स लगाउँ हाम्रो समाज जोगाऊ, कोरोना जोखिमका हुने अवस्था जस्ता वोर्ड बनाएर लिएर टोलटोलमा सचेतना कार्यक्रम गरीएको थियो ।
कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो ।