सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो, मंसिरमै महाधिवेशन हुने नेताहरुको दाबी
भर्खरै

कांग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो, मंसिरमै महाधिवेशन हुने नेताहरुको दाबी

  • सिधा दृष्टी आइतवार, भदौ ६, २०७८ | August 22, 2021

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मेवारी पाएको कार्यदलले विवाद समाधानको खाका तयार पारेको छ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले समाधानको खाका तयार पारेको हो। कार्यदलले खाकालाई अन्तिम रुप दिएर आज सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ।

समिति सदस्य रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको खाका तयार भएको र आज सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको बताउनुभयो ।

क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ

नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको थियो ।

वरिष्ठ नेता पौडेलले अब कार्यतालिका अनुसार नै महाधिवेशन हुने बताउनु भएको छ । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवाद समयमै नटुंगिदा कांग्रेसले भदौ १६ देखि १९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो ।

कांग्रेस केन्द्रीय समितिले भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो। कार्यदलले तोकिएको समयभन्दा चार दिन ढिला गरी प्रतिवेदन बुझाउन लागेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय