नेपाली काँग्रेसका तरुण नेता पूर्ण जंग शाहीले आसन्न नेपाली काँग्रेसको १४औं महाँधिवेसनमा आफ्नो उम्मेदवारी रहने खुलासा गर्नु भएको छ ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन विभिन्न समस्याको कारणले समय सिमा भित्र हुन नसके पनि अन्ततः अधिबेशन नगरि सुखै नभएपछि आफु महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहने खुलाशा गर्नु भएको हो ।
सबै काँग्रेस नेता र कार्यकर्ताले आगामि भदौ महिना बाट अधिबेशन शुरु हुने अनुमान गरिरहेका छन । महाधिबेशनमा कालिकोट जिल्लाका सबै नेताहरुले विभिन्न संन्चार माध्यम बाट आफ्ना उम्मेदवारीको खुलासा गरेको संकेत गरिरहेको बुझ्न
सकिन्छ ।
पार्टीमा काम गरेको लगानि र क्षमताको आधारमा समस्त नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता ज्युहरुमा“ आफु पूर्ण जंग शाहीले कालिकोट जिल्लााको बिकाशको लागि पार्टीको हरेक गतिबिधिमा काम गदै आएको अनुभव समेत राख्नु भएको छ।”
तरुण बिभागको युवा उद्धमशिलता समितिको केन्द्रिय सदस्यमा रहेर देशभरका युवाहरुको प्रतिनिधित्व गर्दै आएका शाही स्पष्टबक्ता तथा निडर युवा नेताको रुपमा परिचित छन्।