मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानबाट स्वदेश फर्कने नेपालीको संख्या ५ सय ४ पुग्यो
भर्खरै

अफगानिस्तानबाट स्वदेश फर्कने नेपालीको संख्या ५ सय ४ पुग्यो

  • सिधा दृष्टी आइतवार, भदौ ६, २०७८ | August 22, 2021

काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गरेपपछि अहिलेसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्केका छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक हिजो साँझ ३५ नेपाली आइपुगेसँगै स्वदेश फर्किनेको संख्या ५०४ पुगेको हो।

साथै अफगानिस्तानबाट स्वदेश फर्किने क्रम जारी रहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो साँझसम्म थप ३१५ नेपालीले स्वदेश फर्किन नाम दर्ता गराइसकेका छन्।

अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई सहयोगका लागि त्यहाँ सम्पर्क व्यक्तिका रूपमा सुरेशचन्द्र शर्माले काम गरिरहेका छन्।

स्वदेश फर्किन चाहने नेपालीले आफैं वा परिवारमार्फत

कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नामसहितको विवरण दर्ता गर्न तथा भाइबर र वाट्सएप सुविधाबाट नाम दर्ता गराउन सक्नेछन् ।

त्यसका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बरहरू ं९७७ ९७ ४९ ३२ ६४ ५८, परराष्ट्र मन्त्रालयको ९७७ ९८ ४१ ७९ २७ ७४ र नेपाली राजदूतावास, नयाँदिल्लीको मोवाइल नम्बर ‌९१ ८९ २९ ६० १९ २५ मा सम्पर्क गरी विवरण टिपाउन अनुरोध गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय