सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेसको क्रियाशील सदस्यता विवाद भदौ ७ गते भित्र सञ्चाउन पौडेल पक्षीय जिल्ला सभापतिहरुको माग
भर्खरै

काँग्रेसको क्रियाशील सदस्यता विवाद भदौ ७ गते भित्र सञ्चाउन पौडेल पक्षीय जिल्ला सभापतिहरुको माग

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सूचीका त्रुटि यही भदौ ७ गतेभित्र सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

विधिसम्मत ढंगले त्रुटि सच्याएर सार्वजनिक नगरे भदौ आठ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनशन बस्ने चेतावनी उनीहरुले दिएका छन् ।शनिबार पार्टी सभापति शेरबहादुर देउवालाई इमेलमार्फत् जिल्ला सभापतिहरुले तीन बुँदे माग पठाएका छन् ।

‘क्रियाशील सदस्यता सूचीका त्रुटि सच्याउनुपर्ने लगायतका माग सात गतेभित्र पूरा नभए धर्ना अनशन लगायतका आन्दोलन गर्ने जानकारी सभापतिलाई गराएका छौं,’ नेपाली कांग्रेस काभ्रेका सभापति

मधु आचार्यले भने ।

अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानविन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

‘हाम्रो उपरोक्त मागहरुलाई सम्बोधन गर्नेगरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्टदेखि ९भाद्र ८ गते० बाट केन्द्रीय कार्यालयमा धर्ना, अनशन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने व्यहोरा जानकारी गराउँछौं,’ सभापति देउवालाई इमेलमार्फत् पठाइएको मागपत्रमा लेखिएको छ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय