सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अपार्टमेन्टमा हुने यौनधन्दा नियन्त्रण गर्दै प्रहरी, ७ जना पक्राउ
भर्खरै

अपार्टमेन्टमा हुने यौनधन्दा नियन्त्रण गर्दै प्रहरी, ७ जना पक्राउ

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

ललितपुर । पुल्चोकस्थित एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि छापा मारेको थियो ।

प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई केही युवतीहरुलाई त्यहीँ राखेर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दै आएका थिए । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको भेटिएको छ । कोठाबाट यौन सम्पर्कको लागि आएका ग्राहकहरुको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ

।प्रहरी परिसरले झापाका राजेश अग्रवाल, रुकुमकी ललिता विक, बर्दियाका सुनील विष्ट, मकवानपुरकी गीता खड्गी, बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी निर्मला न्यौपाने र पनौतीका प्रतिक कर्माचार्यलाई हिरासत राखेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय