बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन
भर्खरै

१३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौँ । १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालले असोज १५ गते आयोजक देश माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ । यस्तै श्रीलंकासँग असोज १८ गते, भारतसँग २४ गते र बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । पाँच टोलीमध्ये शीर्ष

दुईमा रहने टोलीले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय