ललितपुर । ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै महानगरभित्र मनाइने जात्राहरु र अन्य चाडपर्वहरु प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गर्ने निर्णय गरेको हो ।