मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मलामी गएको कपडा लिलामीमा राखेपछि अभिनेत्री दीपिकाको आलोचना
भर्खरै

मलामी गएको कपडा लिलामीमा राखेपछि अभिनेत्री दीपिकाको आलोचना

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

मुम्बई, एजेन्सी । दीपिका पादुकोनले सन् २००५ मा ‘ओम शान्ति ओम’बाट डेब्यु गरेयता फिल्ममा असफल हुनु परेको छैन । एकपछि अर्को फिल्मबाट उचाइ छोएकी छिन् । तर, जतिबेला उनी भटाभट हिट फिल्म दिइरहेकी थिइन् त्यहीबेला दीपिका डिप्रेसनको पनि रोगी बनिन् ।

सन् १०१५ मा दीपिका यो रोगबाट धेरथोर मुक्त भइन् । त्यसपछि उनले आफू जस्तै थाहै नपाई मानसिक बिरामी हुने मान्छेका लागि काम गर्ने भन्दै ‘दि लिभ लभ लाफ फाउन्डेसन’ खोलिन् । दीपिकाले यसको खर्च जुटाउन बेलाबेलामा लिलामी गर्ने गरेकी

छिन् ।यसका लागि कहिले के बेच्न राख्छिन् त कहिले के र रु कहिलेकाहीँ चाहिँ आफैंले प्रयोग गरेको लुगा पनि लिलामीमा राख्ने गरेकी छिन् । तर यो पालि राखेको लुगाले भने दीपिकाको सातो खाएको छ । लिलामीमा आफ्ना सामान राख्ने क्रममा उनले मलामी गएका लुगा पनि राखेपछि धेरैले उनको आलोचना गरेका हुन् ।

दीपिकाले यो पटक राखेको लिलामीमा दुई जोर लुगा यस्ता परेछन् जुन उनले मलामी जाँदा लगाएकी थिइन् । यसमा एउटा लुगा आत्महत्या गरेकी जिया खानको मलामी जाँदा लगाएको लुगा परेछ भने अर्को प्रियंका कार्कीको बुबा बितेको समयको । दुवै समयमा उनले सेता लुगा लगाएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय