सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महाधिवेशन नजिकिदै जाँदा तरुण विभागको परिचयात्मक कार्यक्रम र गोष्टि आयोजना
भर्खरै

महाधिवेशन नजिकिदै जाँदा तरुण विभागको परिचयात्मक कार्यक्रम र गोष्टि आयोजना

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौँ ।नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागले महाधिवेशन सफलताको लागि तरुण नेताहरुको परिचयात्मक बृहत छलफल तथा गोष्टि कार्यक्रम यहि आउदो भदौं ७ गते सोमबार अनुपम फुडल्याण्ड बत्तीसपुतली काठमाडौँमा आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पुर्व मन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा सम्पूर्ण स्वास्थ्य बिधिको पूर्ण पालना गरिने जानकारी केन्द्रिय समितिले गराएको छ ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने परिचयात्मक बृहत छलफल तथा गोष्टिमा जनसरोकारका

बिषयहरु कोभिड(१९ बिरुद्धको खोप ब्यबस्थापन, मन्त्रि मण्डल बिस्तारमा ढिलाइ, प्राकृतिक बिपत्तिमा तरुण बिभागले पुर्याएको भूमिकाको बारेमा तथा तरुण बिभागको भाबि नीति र कार्यक्रमको बारेमा बृहत छलफल गरिने कुरा नेपाली कांग्रेस तरुण विभाग केन्द्रिय समितिले बताएको छ। उक्त कार्यक्रममा देशभरका तरुण नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय