काठमाडौँ ।नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागको केन्द्रीय कार्यालय संक्रिय बन्दै गएको छ । निरन्तर रुपमा तरुण बिभागका नेताहरु बैठमा सहभागी भई आगामी महाधिवेशनमा आफ्नो क्षमता प्रमाणित गर्न क्रियाशील भएका छन् ।
नेपाली कांग्रेसको मुख्य हतियार बनेर युद्ध लडिरहेको यो विभाग अहिले त्यतिकै मौन नरहने लक्ष्यण ,दैनिक रुपमा भएका ठुला( ठुला बैठकहरुले संकेत गदै गएको छ । बैठकलाई निरन्तरता दिदै शुक्रबार पनि नेपाली कांग्रेस तरुण बिभाग केन्द्रीय कार्यलयमा बैठक सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य,पुर्व
मन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको अध्यक्षतामा बैठक सञ्चालन भएको छ ।
बैठकमा काठमाडौं भ्यालीमा रहेका नेपाली कांग्रेस तरुण बिभागका केन्द्रीय सदस्यहरु सहभागी भएका छन् । बैठक आगामी कार्यक्रम र आउदो महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने तए भएको नेपाली कांग्रेस तरुण बिभागले बताएको छ ।
बिभागका अनुसार नजिकिदै गरेका चार्डपर्वहरुमा नागरिकहरुको बाक्लो उपस्थिति हुने भएकोले संकम्रण तिब्र रुपले फैलन सक्ने भएकाले चाडो भन्दा चाडो सबै नागरिकहरुलाई खोपको व्यवस्था प्राथमिकतामा राख्न सरकारसगँ कांग्रेस तरुण बिभागले माग गर्ने बिषयमा पनि छलफल हुने भएको छ ।बाढी ,पहिरो, प्रकोप र कोरोना महामारिमा जनतालाई योगदान पुर्याईरहेको नेपाली कांग्रेस तरुण बिभागप्रति आम नागरीक र पार्टि पङ्तिहरुले पनि तरुण बिभागका गतिविधिहरुलाई चासोको रुपमा हेरेको बुझिएको छ ।