शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मनाङमा अवरुद्ध विद्यूत सेवाको मर्मत संभार सुरु
भर्खरै

मनाङमा अवरुद्ध विद्यूत सेवाको मर्मत संभार सुरु

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021
ljB’tsf] nfO{g dd{t ub}{ sd{rf/L s~rgk’/, @( j}zfv M s~rgk’/sf] z’SnfkmfF6f gu/kflnsf– !! sn’jfk’/df xfjfx’/Ln] Iflt k’¥ofPsf] ljB’t nfOg dd{t ub}{ g]kfn ljB’t k|flws/0fsf sd{rf/L . cfOtaf/ ;fFem cfPsf] xfjfx’/Ln] ljB’t nfOgdf Iflt k’¥ofpFbf lhNnfsf] ljB’t ;]jf 7Kk /x]sf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]? ÷/f;;

मनाङ । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ ।

राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्‍याएपछि दुई महिनादेखि विद्युतविहीन बनेको छ । अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताए ।

उनका अनुसार सौर्य ऊर्जाले चलाइरहेकाले राष्ट्रिय प्रसारण लाइन मर्मत गरी विद्युत् आपूर्ति गर्न मर्मतको काम थालिएको छ ।सदरमुकाम

चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । जिल्लामा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले प्रसारण लाइन मर्मत कार्य थालिएको बताए ।

उनका अनुसार बाढीपहिरोले प्रसारणमा रु एक करोड ७० लाख बराबरको क्षति पुगेको छ । बाढीले यहाँ जोड्ने राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा समेत क्षति पुगेको सुवेदीले जानकारी दिए ।बाढीपहिरोले ३३ केभी लाइनको ८।४ किलोमिटरका ११६ खम्बा र ५।६ किलोमिटरको ११ केभी लाइनका ८८ खम्बामा क्षति पुर्‍याएको छ । चार सय भोल्टका ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए । बाढीपहिरोले विभिन्न ठाउँमा सडक बगाएकाले खम्बा गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन ।

अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाले खम्बा, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको प्रमुख सुवेदीले बताए । उनले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

लाइन मर्मत शुरू भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने उनले बताए । नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय