आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आफ्नो सरकारलाई मान्यता दिन तालिबानले अन्तराष्ट्रिय समुदायसंग अपील गर्यो
भर्खरै

आफ्नो सरकारलाई मान्यता दिन तालिबानले अन्तराष्ट्रिय समुदायसंग अपील गर्यो

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

काठमाडौँ । तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् ।

शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् ।

शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता निराधार भएको बताए ।तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा

नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय