सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महिलाको भिडियो खिचेको अभियोगमा चार यूट्युबर र टिकटकर पक्राउ, केही यूट्युबर फरार
भर्खरै

महिलाको भिडियो खिचेको अभियोगमा चार यूट्युबर र टिकटकर पक्राउ, केही यूट्युबर फरार

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

झापा । होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख डीएसपी सन्तोष आर्चायका अनुसार एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र

हत्या गरेको आभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

केही युट्युबर भने फरार रहेकोले खोजी भइरहेको डीएसपी आचार्यले बताए । अहिले उनीहरुमाथि अभद्र व्यवहार कसुरमा थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय