सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना विरुद्ध लड्नका लागि पोषण कार्यक्रम
भर्खरै

कोरोना विरुद्ध लड्नका लागि पोषण कार्यक्रम

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

पाल्पा । तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम शुरुआत गरेको छ ।

विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवर्द्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले प्रतिबालबालिका एक किलो मालदोजीङ्ग र २० प्याकेट लिटो वितरण गर्न लागेको हो । यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ ।

नगरपालिकाभित्रका कोभिड–१९ महामारीका कारण छदेखि २३ महिनाका ८९९ बालबालिकालाई सुरक्षित राख्न पोषण

राहत प्रदान गरिने भएको हो ।

कोभिड–१९ को महामारीले धेरै मानिस रोजगारी गुमेसँग जीविकोपार्जनमा समस्या देखिएको छ । आर्थिकरुपमा कमजोर परिवारका बालबालिका त्यसको ठूलो मारमा छन् । त्यस्ता परिवारका बालबालिका पोषिलो खानाका प्रकार खानबाट वञ्चित छन् ।सो नगरपालिकाले त्यस्ता बालबालिकालाई लक्षित खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको हो ।

बलियो नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक खड्काले लुम्बिनी प्रदेशका रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको सुनवल नगरपालिका र पालीनन्दन गाउँपालिका, प्युठानको औरावती र गौमुखी गाउँपालिका, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गा नगरपालिका गरी स्थानीय तहका १० हजार बालबालिकालाई पोषण राहत कार्यक्रममार्फत सहयोग गरिएको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय