सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मेस्सी र नेयमारविनै पेरिस सेन्ट जर्मेनको लगातार तेस्रो जित
भर्खरै

मेस्सी र नेयमारविनै पेरिस सेन्ट जर्मेनको लगातार तेस्रो जित

  • सिधा दृष्टी शनिबार, भदौ ५, २०७८ | August 21, 2021

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार तेस्रो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा लिओनल मेस्सी र नेयमारविनै पीएसजीले ब्रेस्टलाई ४-२ ले पराजित गरेको हो ।

पीएसजीका लागि एण्डर हेरेराले २३औं, केलियन एमबाप्पेले ३६औं, इद्रिसा गाना ७३औं र एन्जल डी मारियाले इन्जुरी टाईममन गोल गरे ।

ब्रेस्टका फ्रान्क होनोराटले ४२औं र स्टिभ मौनीले ८५औं मिनेटमन गोल गरे ।

लगातार तेस्रो जितपछि तीन खेलमा ९ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

उता यसअघि दुवै खेल

बराबरी खेलेको ब्रेस्टको यो पहिलो हार हो । ब्रेस्ट तीन खेलमा दुई अंकसहित १२औं स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय