बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसंग ज्यान गुमाउनेको संख्या उच्च वृद्धि
भर्खरै

गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसंग ज्यान गुमाउनेको संख्या उच्च वृद्धि

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

कास्की । गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या उच्च रुपमा वृद्धि भएको छ ।

प्रदेशमा वैशाखदेखि भदौ ३ गतेसम्म एक हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्। गण्डकीमा वैशाखको पहिलो सातासम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ मात्रै रहेको थियो । तर, यस ४ महिनाको अवधिमा भने उक्त सङ्ख्या बढेर १ हजार २२१ पुगेको छ ।

वैशाखको पहिलो हप्ता गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ४ सय ६२ रहेकोमा हाल त्यो सङ्ख्या बढेर ५ हजार ८८३

पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकीमा ७१ जना सङ्क्रमित आइसियुमा रहेका छन् भने ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

अस्पतालमा उपचारका लागि लगिएकाहरू मध्ये आइसीयुभन्दा बढी हाई फलो श्यामा उपचाररत धेरै रहेका छन् । हाल प्रदेशमा हाई फलो श्यामा १ सय ७३ जनाले उपचार गराइ रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय