सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पहिरोले जयपृथ्वी राजमार्ग बिहानै देखि अवरुद्ध
भर्खरै

पहिरोले जयपृथ्वी राजमार्ग बिहानै देखि अवरुद्ध

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

बैतडी। लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् ।

सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र परेका छन्

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय