सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने
भर्खरै

आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने

  • सिधा दृष्टी शुक्रबार, भदौ ४, २०७८ | August 20, 2021

काठमाडौँ । आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ ।

छनोट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ । गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।

क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।प्रतियोगिताको आयोजक र मितिको टुङ्गो लगाए पनि तालिका भने सार्वजनिक गरको छैन । आईसीसीले केही

दिनमै खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय