आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अफगानिस्तानमा रहेका सबै अमेरिकीलाई स्वदेश फर्काउने बाइडनको प्रतिवद्धता
भर्खरै

अफगानिस्तानमा रहेका सबै अमेरिकीलाई स्वदेश फर्काउने बाइडनको प्रतिवद्धता

  • सिधा दृष्टी बिहिबार, भदौ ३, २०७८ | August 19, 2021

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा रहेका सबै अमेरिकी नागरिकलाई स्वदेश ल्याइने बताएका छन् । उनले आवश्यक परे अफगानिस्तानमा अमेरिकी सेना यसअघि दिइएको अन्तिम म्यादसम्मै बस्न सक्ने बताएका छन् । तालिबानका लडाकुले उद्धारको पर्खाइमा रहेका मानिसलाई विमानस्थलमा आउन नदिएको समाचारसँगै बाइडनले यस्तो बताएका हुन् ।

बाइडन अगष्टको अन्तिमसम्ममा सबै अमेरिकी सैनिक फिर्ता ल्याउन चाहन्छन् । तर, अझै पनि अफगानिस्तानमा करीब १५ हजार अमेरिकी नागरिक फसेका छन् ।एबीसी न्युजसँगको कुराकानीमा उनले अब अफगानिस्तानको हिंसा रोक्न नसक्ने बताएका छन् । अहिले

अफगानिस्तानबाट अन्य मुलुकले आफ्ना नागरिक तथा आफूसँग काम गरेका मानिसहरुलाई धमाधम उद्धार गरिरहेका छन् ।

यद्यपि तालिबानले भने मानिसहरुलाई एयरपोर्ट जानबाट रोकिरहेको छ । मंगलबार एयरपोर्टतर्फ गइरहेका एक दोभाषेलाई तालिबानले खुट्टामा गोली हानेको थियो । केही अमेरिकी नागरिकले पनि आफूहरु तय गरिएको उद्धार उडानसम्म पुग्न नपाएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय